सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा अवैध काठसहित दुई जना पक्राउ

फाइल फोटो
फाइल फोटो
२०७७ असोज १०, ०१:४८ खबर संवाददाता

धनगढी: डडेल्धुरामा अवैध काठसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको भित्र मधेसमा पर्ने परशुराम नगरपालिका ३ शीर्षबाट अवैध काठसहित पुरन सिँह धामी र मनीराज ताम्राकार पक्राउ परेको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। 

उनीहरूलाई सव डिभिजन वन कार्यालय परशुराम र प्रहरीको टोलीले शुक्रबार राति ११ बजे अवैध काठ ओसारी रहेको ट्याक्टरसहित पक्राउ गरेको डिभिजन वन कार्यालय डडेल्धुराका वन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार पक्राउ परेका उनीहरुबाट २० क्यूफिट काठ बरामद गरिएको छ। 

नियन्त्रणमा रहेका दुवै जनालाई कारवाही तथा अनुसन्धानका लागि डिभिजन वन कार्यालय झिकाइएको वन अधिकृत आचार्यले बताए। 

कमेन्ट लोड गर्नुस