सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा बस दुर्घटना, ८ जना घाईते

२०७७ असोज १०, ०१:२८ खबर संवाददाता

धनगढी–  कैलालीमा बस दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। नेपालगञ्ज गईरहेको से ७ ख ३८३६ नम्बरको बस पूर्वपश्चिम राजमार्गको राजीपुर जंगलमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले दिएको जानकारी अनुसार घाईते ८ जनालाई उपचारका लागि पठाइएको छ। दुर्घटनाको विस्तृत विवरण प्राप्त नभएको प्रहरी नायव उपरिक्षक विष्टले बताए। 
 

कमेन्ट लोड गर्नुस