बाजुरामा तातोपानीले पोलिएर घाइते भएकी बालिकाको मृत्यु
बाजुरा: बाजुरामा एक बालिकाको मृत्यु भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–५ छातीकोटमा तातो पानीले पोलिएर घाइते भएकी ५ वर्षीया अनिशा मल्लको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा शनिबार बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार घरमा खाना पकाउनका लागि तातो पानी तताई रहेको बेलामा एकाएक ढलेपछि सोही पानीमा परेर बालिका घाइते भएको आफन्तले बताएका छन्।