सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा भारतबाट फर्किदै गरेका पुरुष मृत भेटिए

२०७७ असोज ९, ०८:०३ खबर संवाददाता

धनगढीः बैतडीमा भारतबाट फर्किदै गरेका एकजना मृत भेटिएका छन्। भारतको बैङ्लोरबाट घर फर्किदै गरेका जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ३ का अन्दाजी ३० वर्षीय पदम बोहोरा मृत भेटिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक किसन चन्दले दिनेश खबरलाई बोहोरा वडा नम्बर १ को लामाधारमा मृत भेटिएको जानकारी दिए।

उनका अनुसार अहिले प्रहरी निरिक्षकको कमाण्डबाट जिल्लाबाट प्रहरी टोली घटना स्थल प्रस्थान गरेको छ।

मृतक भारतबाट फर्किएकाले कोरोना परीक्षण गरिने बताउँदै प्रहरी निरिक्षक चन्दले घटनाको अनुसन्धान भईरहेको बताए। 
 

कमेन्ट लोड गर्नुस