सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्याडमिन्टन प्रशिक्षण आइतबारदेखि

२०७७ असोज ९, ०७:०० रासस

राष्ट्रिय ब्याडमिन्टन खेलाडीहरुको प्रशिक्षण आइतबारदेखि शुरु हुने भएको छ। नेपाल ब्याडमिन्टन सङ्घले राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँगको समन्वयपछि प्रशिक्षण पुनः आरम्भ गर्न लागेको हो।

कोरोना भाइरसको महामारीका कारण बन्द गरेको प्रशिक्षण नेपाल ब्याडमिन्टन सङ्घले गत साउनमा पुनः सञ्चालन गरेको थियो। उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै फेरी प्रशिक्षण बन्द गर्नुपरेको थियो।

सङ्घका उपाध्यक्ष सुवास श्रेष्ठले आइतबार पुनः थाल्ने प्रशिक्षणमा डेढ दर्जनभन्दा बढी खेलाडी सहभागी हुने जानकारी दिए।     सङ्घले प्रशिक्षण अघि खेलाडी र प्रशिक्षकको पिसिआर परीक्षण गरेको छ।

प्रशिक्षण अवधिमा समेत पिसिआर परीक्षण समय समयमा गरिने उनले बताए। सामाजिक दूरी कायम गरी खेलाडीलाई प्रशिक्षण दिइने सङघलको योजना छ।

प्रशिक्षण स्थललाई खेलाडी प्रवेश गराउनु अघि निर्मलीकरण गरिने बताइएको छ। 
 

कमेन्ट लोड गर्नुस