गौरीफन्टा नाकामा होल्डीङ सेन्टर व्यवस्थापनका लागि बजेट प्राप्त नभएको दावी
धनगढीः धनगढी उप–महानगरपालिकाले गौरीफन्टा नाकामा होल्डीङ सेन्टर स्थापनाका लागि चालु वर्षमा बजेट प्राप्त नभएको जनाएको छ।
उप–महानगरपालिकाले गत वर्ष होल्डीङ सेन्टरका लागि बजेट प्राप्त भएपनि आर्थिक वर्ष २०७७÷७८ का लागि कुनै निकायबाट बजेट प्राप्त नभएको दावी गरेको हो।
भारतसँग जोडिएका सीमा नाकामा सम्बन्धित जिल्लाका स्थानीय तहले होल्डीङ सेन्टर स्थापना गरी व्यवस्थापन गर्न गत वर्ष संघिय सरकारले बजेट दिएको थियो।
कैलालीमा धनगढी उपमहानगरपालिका र कञ्चनपुरमा भीमदत्त नगरपालिकाले सीमामा होल्डीङ सेन्टर व्यवस्थापन गरेका थिए।
तर लकडाउन र निषेधाज्ञा खुलेपछि विगतमा जस्तो होल्डीङ सेन्टरमा भारतबाट फर्किनेलाई होल्ड गर्ने गरिएको छैन्।