सुदूर नेपाललाई विश्वसँग जोड्दै

विश्व फर्मासिस्ट दिवसमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफुल र पानी वितरण

२०७७ असोज ९, ०६:०० खबर संवाददाता

धनगढीः विश्व फार्मेसिस्ट दिवसको अवसरमा डडेल्धुरा अस्पतालका बिरामीलाई फलफुल तथा खानेपानी वितरण गरिएको छ।

दिवसका अवसरमा डडेल्धुराका फार्मेसिस्टहरुले अस्पतालमा उपचाररत बिरामीलाई फलफुल र खानेपानी वितरण गरिएको जनाएका छन्। फार्मेसिस्ट शिशिर नगरकोटीले अस्पतालमा उपचाररत ४५ जना बिरामीलाई फलफुल र पानी वितरण गरिएको जानकारी दिए।

 विश्वभर हरेक सेप्टेम्बर २५ लाई विश्व फर्मासिस्ट दिवसको रूपमा मनाईदै आएको छ।

विश्वभर रहेका करिब एक सय ४४ फार्मेसी संगठन र चार लाख भन्दा बढी फर्मासिस्टहरु सदस्य रहेको अन्तर्राष्ट्रिय फर्मास्युटिकल महासंघ (एफ आइ पि) परिषद्को २००९ मा टर्किको स्तानबुलमा बसेको बैठकले गरेको निर्णय अनुसार हरेक वर्ष  यो दिवस मनाईने गालिएको हो।  
 

कमेन्ट लोड गर्नुस