सुदूर नेपाललाई विश्वसँग जोड्दै

आइपिएलका लागि भारत आएका अष्ट्रेलियाका पूर्व क्रिकेटर जोन्सको निधन

२०७७ असोज ८, ०७:४३

दुबइ: अष्ट्रेलियाका चर्चित पूर्व क्रिकेटर डिन जोन्सको भारतमा निधन भएको छ। इन्डियन प्रिमियर लिग ९आइपिएल०को कमेन्ट्रीका लागि स्टार इन्डियासँग आबद्ध भई भारतको मुम्बईमा रहेका बेला उनको बिहीबार निधन भएको हो। 

आकस्मिक रुपमा हृदयघात भएर उहाँको ५९ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन्। स्टार इन्डियाद्धारा जारी वक्तव्यमा लेखिएको छ, “डिन मेर्भीन जोन्सको निधन भएको जानकारी गराउनु पर्दा हामीलाई अत्यन्त दुःख लागेको छ। यो दुःखद् घडीमा हामी उनका परिवारजन, सुवेच्छुक र समर्थकहरुको साथमा छौँ। उनको हृदयघातका कारण आकस्मीक निधन भएको हो।”

उनको अन्त्येष्टिको व्यवस्थापनका लागि आफूहरु अष्ट्रेलियाली उच्च आयोगको सम्पर्कमा रहिरहेको पनि स्टार इन्डियाले जनाएको छ ।

क्रिकेट खेलसम्वन्धी विभिन्न भूमिकामा रहेर लामो समय काम गर्नु भएका जोन्सलाई दक्षिण एसियामा क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान गरेको व्यक्तिका रुपमा चिनिन्छ। उनले क्षमतावान युवा क्रिकेटरहरुलाई प्रोत्साहन र सहयोग गर्ने गर्नुहुन्थ्यो भने उहाँका दशौँ लाखौँ समर्थकहरु थिए ।उहाँ सन् १९८० देखि १९९० सम्ममा अष्ट्रेलियामा अत्यन्त आक्रामक रुपमा खेल क्षेत्रमा लोकप्रिय थिए। 

चर्चित व्याड्सम्यान डिनले खेल जीवनपछि लामो समय विभिन्न देशमा प्रशिक्षक र कमेन्टेटरका रुपमा क्रिकेट क्षेत्रमा योगदान पु¥याएका थिए। 

डिन अफगानिस्तान क्रिकेट टिमको अन्तरीम प्रशिक्षक हुनुभएको थियो भने पाकिस्तान सुपर लिगमा इस्लामाबाद युनाइटेडको मुख्य प्रशिक्षक समेत रहेका थिए। -एएनआई 

कमेन्ट लोड गर्नुस