सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १४९७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६९,३०१ पुग्यो

२०७७ असोज ८, ०४:२५ खबर संवाददाता

धनगढी : नेपालमा थप १४९७ जना कोरोना संक्रमित पुष्टि भएको छ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। 

आज ४५७ जना निको भएका छन्। हालसम्म ५० हजार ४११ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। 

नेपालमा सक्रिय संक्रमितको संख्या १८ हजार ४३७ रहेको मन्त्रालयले जनाएको छ। 

कमेन्ट लोड गर्नुस