सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा चितुवा आक्रमणबाट ज्यान गुमाएकी सीताको परिवारले ८ महिनासम्म राहत पाएनन्

सांकेतिक तस्विर
सांकेतिक तस्विर
२०७७ असोज ८, ०१:४८ खबर संवाददाता

बैतडी: बैतडीमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका ८ वर्षीया सीता लुहारको परिवारले अझै राहत पाउन सकेका छैनन्। गत फागुनमा मेलौली नगरपालिका –९ का लुहारको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो। 

नेपाल सरकार वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत वन्यजन्तुको क्षतिको राहत निर्देशिका २०६९ (संशोधित २०७५) बमोजिम वन्यजन्तुको आक्रमणमा परी मानिसको मृत्यु भएमा अधिकतम १० लाखसम्म उपलब्ध गराउने नीति रहेको छ।

तर लुहारको परिवारले आठ महिनासम्म पनि कुनै राहत पाएको छैन्। वन कार्यालयले राहतको पैसा उपलब्ध गराउन राष्ट्रिय निकुञ्जसंग माग गरेको डिभिजन वन कार्यालय बैतडीका डिभिजनल वन अधिकृत केशव पराजुलीले बताए।  तर निकुञ्जले पनि सरकारबाट उक्त रकम प्राप्त नभएको जानकारी दिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस