सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा कोरोना पुष्टि, डडेल्धुरा पुगेर मृत्यु

२०७७ असोज ८, ११:०५ खबर संवाददाता

धनगढी– बुधवार साँझ डडेल्धुरा अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। भारतमा कोरोना पुष्टि भएका डडेल्धुराको नवदुर्गा गाउँपालिकाका ४८ बर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अस्पतालले दिएको जानकारी अनुसार दुई दिनअघि भारतबाट आएका उनी श्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए।

मृतकका आफन्तले दिएको जानकारी अनुसार उनमा भारतमै कोरोना पुष्टि भएको थियो भने डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको हो।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले दिएको जानकारी अनुसार मृतक पुरुष त्रिनगर नाका भएर डडेल्धुरा पुगेका थिए। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी बन्धुप्रशाद वास्तोलाले मृतकको शव अहिले डडेल्धुरा अस्पतालमै राखिएको र नेपाली सेनाले व्यवस्थापन गर्ने बताए। 
 

कमेन्ट लोड गर्नुस