सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल : मुम्बईको पहिलो जित, कोलकाता ४९ रनले पराजित

२०७७ असोज ८, ०५:५५ खबर संवाददाता

साविक विजेता मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग आइपीएल २०२० मा पहिलो जित हात पारेको छ। उदघाटन खेलमै साविक उपविजेता चेन्नाई सुपर किंग्ससंग पराजित भएको मुम्बईले आफ्नो दोस्रो खेलमा कोलकाता नाइट राइडर्सलाई ४९ रनले पराजित गरेको हो।

जितपछि २ खेलबाट २ अंक जोडेको मुम्बई राम्रो रनरेटसहित अंक तालिकामा शीर्ष स्थानमा उक्लेको छ।  मुम्बईले दिएको १९६ रनको लक्ष्य पछ्याउने क्रममा २० ओभर खेल्दै ९ विकेट गुमाएर १४६ रन मात्र बनाउन सक्यो। कोलकाताका लागि लोअर अर्डरमा ब्याटिङ गर्दै प्याट कमिङ्सले सर्वाधिक ३३ रन बनाए ।

दिनेश कार्तिकले ३० र नितिश रानाले २४ रन जोडे। मोर्गनले २० बलमा १६ र रसेलले ११ बल खेल्दै ११ रन मात्र बनाए।

मुम्बईका लागि ट्रेन्ट बोल्ट, जेम्स व्याटिनसन, जसप्रित बुमराह र राहुल चाहरले २-२ विकेट लिए ।  त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले कप्तान रोहित शर्माको बानदार ब्याटिङमा २० ओभरमा ५ विकेट गुमाएर १९५ रन बनाएको थियो। रोहितले ५४ बल खेल्दै ३ चौका र ६ छक्का मद्दतमा ८० रन बनाए।

सूर्य कुमार यादवले अर्धशतकबाट ३ रनले चुके। कोलकाताका लागि शिवम माभीले २ विकेट लिए । सबैभन्दा महँगा बनेका कमिङ्सले ३ ओभरमा ४९ रन खर्चिए।

कमेन्ट लोड गर्नुस