दशरथचन्द बैतडी विद्यार्थी समाजद्वारा अपांगता भएका बालबालिकालाई सहयोग
२०७७ असोज ७, ०६:१५
धनगढीः दशरथ चन्द बैतडी विद्यार्थी समाज कैलालीले अपांगता भएका बालबालिकालाई खाद्य सामग्री सहयोग गरेको छ।
४१औँ सामाजिक सेवा दिवसको अवसरमा धनगढी उप–महानगरपालिका–१३ गेटामा रहेको नेपाल अपांगता संघलाई समाजले १५ किलो चामल, एक किलो दाल र २० वटा साबुन हस्तान्तरण गरेको हो।
संघमा रहेका ६ जना बालबालिकाका लागि खाद्य सामाग्री सहयोग गरिएको सामाजका अध्यक्ष जयबहादुर कुँँवरले बताए।
कमेन्ट लोड गर्नुस