सुदूर नेपाललाई विश्वसँग जोड्दै

गण्डकीमा ३१ सङ्क्रमित थपिए

२०७७ असोज ७, ०५:५३ रासस

गण्डकी प्रदेशमा ३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ५७९ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए। 

थपिनेमा तनहुँका ११, बाग्लुङका आठ, कास्कीका पाँच, पर्वतका चार र स्याङ्जाका तीन जना छन्। प्रदेशमा हालसम्म ६४ हजार ८९५ जनाको कोरोना परीक्षण गरिएको निर्देशनालयले जनाएको छ। 

सङ्क्रमित मध्ये दुई हजार ३२९ निको भएका छन् भने एक हजार २१८ जना सक्रिय सङ्क्रमित छन्। हालसम्म कोरोना सङ्क्रमणका कारण प्रदेशमा ३२ जनाको मृत्यु भएको छ।
 

कमेन्ट लोड गर्नुस