सुदूर नेपाललाई विश्वसँग जोड्दै

रसुवामा कोरोना सङ्क्रमित शून्य

२०७७ असोज ७, ११:४१ रासस

जिल्लामा  कोरोना सङ्क्रमित शून्य भएको छ। पछिल्लो समय जिल्लाभित्र  कोरोनासम्बन्धी रोगको लक्षण भएका मानिस फेला नपरेको र मङ्गलबारदेखि आइसोलेशन शय्या खाली भएका छन्। 

हालसम्म पिसिआर विधिबाट ८५७ जनाको स्वाव परीक्षण गरिएकामा २० सङ्क्रमित भेटिएपछि धुञ्चे तथा जिबजिबेमा स्थापितआइसोलेशन कक्षमा राखी उपचार गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख किरण श्रेष्ठले बताए। क्वारेन्टिनमा भने पटक पटक गरी  ४७३ जना  राखिएको थियो। अहिले ती सबै  आआफ्ना घर गइसकेको जनाइएको छ। 

अबका दिनमा कोरोनाका आशङ्कितलाई मात्र पिसिआर परीक्षण गराइने स्वास्थ्य कार्यालयले स्पष्ट पारेको छ। जिल्लमा हाल कोभिड –१९ सङ्क्रमित शून्य भएकाले यसलाई स्थिर राख्न स्थानीयवासीले स्वास्थ्यका मापदण्ड निरन्तर रूपमा पालना गर्नेमा आशावादी भएको  प्रमुख श्रेष्ठले बताए। 

जिल्लामा ४४ हजार जनसङ्ख्याका लागि  दुई अस्पताल, दुई आइसोलेशन र   १८ स्वास्थ्य केन्द्र छन्। केन्द्र तथा प्रदेश सरकारले बेलाबेलामा आवश्यक औषधिसमेत उपलब्ध गराइरहेका कारण उपचारमा सहज भएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

मास्क लगाउने, भीडभाडमा नजाने, स्यानिटाइजर प्रयोग गर्ने, साबुनपानीले हात धुने, जथाभाबी नथुक्ने, सामाजिक दूरीको पालना गर्ने जस्ता कार्यमा स्थानीयवासी थप सजग हुने  प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले विश्वास व्यक्त गरे।
 

कमेन्ट लोड गर्नुस