सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा पिसिआर प्रयोगशाला सञ्चालन गर्न अमरगढीद्वारा २० लाख सहयोग

२०७७ असोज ६, ०७:३४

डडेल्धुरा:  अमरगढी नगरपालिकाले डडेल्धुरा अस्पतालमा पिसिआर प्रयोगशाला सञ्चालनमा सहयोग पुरयाउने उद्येश्यले मङ्गलबार २० लाखको चेक हस्तान्तरण गरेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाको केन्द्र विन्दुमा रहेको सो अस्पतालमा कोरोना परीक्षण प्रयोगशाला स्थापना भई पिसिआर परीक्षण भईरहेको छ।

कोरोना नियन्त्रण तथा रोकथाम गर्ने उद्देश्यले स्थापना भएको कोरोना परीक्षण प्रयोगशालालाई अझ व्यवस्थित गर्नका लागि नगरपालिकाले अस्पताललाई उक्त सहयोग गरेको नगरप्रमुख विशेश्वरप्रसाद ओझाले जानकारी दिए। 

सो प्रयोगशाला सञ्चालनमा आएपछि उक्त क्षेत्रका विभिन्न जिल्लाको पिसिआर परीक्षण हुदै आएको र अस्पतालका  सुविधामा पनि सुधार हुदै आएको अस्पताल विकास समिति अध्यक्ष करुणाकर ओझाले  बताए।

कमेन्ट लोड गर्नुस