सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा रेबिज दिवसको अवसरमा छाडा कुकुरलाई खोप

२०७७ असोज ६, ०७:०० खबर संवाददाता

धनगढी: ‘सबे मिलेर खोप लगाई प्राणघातक रोग रेबिजलाई निर्मूल गरौं’ भन्ने नाराका साथ १४औं विश्व रेबिज दिवस मनाइदैछ। सोही दिवसको अवसरमा डडेल्धुराका युवाले सदरमुकाम क्षेत्रमा रहेका छाडा कुकुरलाई रेबिज विरुद्धको खोप लगाएका छन्। 

बागबजार र तुफानडाडा क्षेत्रमा रहेका करिब २० कुकुरलाई खोप लगाएको नरेश पनेरुले बताए। छाडा कुकुरलाई रेबिज विरुद्धको खोप लगाएपश्चात सडकमा हिँडडुल गर्ने व्यक्ति तथा अन्य जनावर सुरक्षित हुने उनले बताए। 

उक्त अभियान पशु सेवा कार्यालयको सहयोगमा सम्पन्न गरिएको थियो। 

कमेन्ट लोड गर्नुस