सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंगलबार बैतडी प्रयोगशालामा ३ जनामा कोरोना पुष्टि

२०७७ असोज ६, ०५:१४ खबर संवाददाता

बैतडी: जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको पिसिआर परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ८३ जनाको परीक्षण गर्दा ३ जनामा कोरोना देखिएको हो।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहका अनुसार बैतडीका २ र दार्चुलाका १ जनालाई संक्रमण पुष्टि भएको हो। 

उनले बैतडीको दोगडाकेदार गाउँपालिका ३ का २१ वर्षीय पुरुष, दशरथचन्द नगरपालिका ९ का ५९ वर्षीय पुरुष र नेपाल टेलिकम दार्चुलामा कार्यरत ४७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बताए। 

 

कमेन्ट लोड गर्नुस