सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङका विपन्न परिवारलाई खाद्यन्न सहयोग

फाइल फोटो
फाइल फोटो
२०७७ असोज ६, ०३:२५ रासस

बझाङ: एकचालीसौँ सामाजिक सेवा दिवस विविध कार्यक्रम आयोजना गरी आज यहाँ  पनि मनाइयो। दिवसको यसवर्षको नारा  ‘सामाजिक सेवा राष्ट्रको गौरव, आजको प्राथमिकता ःसमृद्धि र सुखका लागि समाजिक रुपान्तरण र उद्यमशीलता’ भन्ने रहेको छ। 

यसै अवसरमा प्रगतिशिल युवा समाजले जयपृथ्वी नगरपालिका९ ११ का ५ विपन्न घरपरिवारलाई तीन किलो दाल,३० केजी चामल , दुई किलो नुन, दुई लिटर तेल , दुई केजी चिनी र  हातधुने साबुन वितरण गरेको हो। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले मानवीय भावनाले सामाजिक सेवा गर्नुपर्नेमा जोड दिए।

जयपृथ्वी–  ११ का मेनुका रजकले विपन्न समुदायलाई राज्यले सहयोग गर्नुपर्छ भने। समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा कोरोनाका कारण समस्यामा परेका केदारस्युँ गाउँपालिकाका वडा नं ३ , ६, ७ र ८ का ६ सय ६८ घरपरिवार र जयपृथ्वी नगरपालिकाका वडा नं १ , ६, ८, १० र ११  का ८ सय ५४ अति जोखिम बालबालिका र परिवारलाई खाद्यन्न सहयोग गरेका थिए। ती दुई संस्थाले ती दुई स्थानीय निकायमा विद्युत सेवाका लागि सोलार सेट समेत वितरण गरेको जनाएका छन्।  

कमेन्ट लोड गर्नुस