सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको तम्बाकु भीर पार गर्न डोरीको सहारा, बाटो खुलाउन सासंदको आग्रह

२०७७ असोज ६, ०२:२५ नरेन्द्र कार्की

दार्चुला: दार्चुलाको व्यास गाउँपालिका –२ को तम्बाकु भीर पार गर्न डोरीको सहारा लिनुपर्ने बाध्यता रहेको छ। व्यासको छांगरु तिंकर जानको लागि तम्बाकु क्षेत्रमा स्थानीयले डोरीको सहारामा उक्त भीर वारपार गर्छन। 

स्थानीयले सस्ती पाइरहहेको भन्दै तम्बाकु भीरको बाटो खुलाउन नेपाली सेनालाई नै आग्रह गरिएको छ। दार्चुलाबाट प्रतिनिधि सभा सदस्य गणेशसिह ठगुन्नाले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटि तम्बाकुको बाटो सेनामार्फत खुलाउन आग्रह गरेका हुन। 

घाटिबगरको साढे पाँच सय मिटर घोरेटोबाटो खोलिरहेको सेनालाई नै तम्बाकु भीरको चार सय मिटर बाटो खुलाउन आग्रह गरिएको सांसद ठगुन्नाका स्वकिय सचिव दौलतसिह ठगुन्नाले जानकारी दिए। 

सेनाले त्यो भन्दा माथिको घोरेटोबाटो खुलाएपनि तम्बाकुको चट्टान नखुलेसम्म स्थानीयलाई आवत जावत गर्न असहज भएको भन्दै सांसद ठगुन्नाले रक्षामन्त्रीमार्फत सेनालाई बाटो खुलाउन आग्रह गरेका हुन। 

तम्बाकु क्षेत्र पनि नेपाली सेनाले सडक निर्माणको जिम्मेवारी पाएको ८७ किलोमिटर क्षेत्रमै पर्ने भएकोले विष्फोटक पदार्थ विष्फोट गराएर सेनामार्फत बाटो खुलाउँदा सहज हुने उनको भनाई छ। 

सिमा क्षेत्रमा नेपाली सेनाको उपस्थिति र कालापानी लिपुलेक तिंकर जोड्ने यो बाटो सञ्चालनमा नेपाली सेनाको महत्वपूर्ण भुमिका हुने सांसद ठगुन्नाको भनाई छ। उनले अहिलेसम्म घाटिबगरमा नेपाली सेनाले निर्माण गरिरहेको घोरेटोबाटो निर्माणमा देखाएको तदारुकता प्रति धन्यावद दिदै तम्बाकु क्षेत्रका चट्टान पनि सेनाले नै बनाउन आग्रह गरेका छन्। 

यसैबीच रक्षा मन्त्रालयले प्रधानसेनापतिलाई पत्र लेख्दै तम्बाकु क्षेत्रको बाटो निर्माणमा आवश्यक कार्याथ अघि बढाउन अनुरोध गरेको छ।

नरेन्द्र कार्की दिनेश खवरका दार्चुला संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस