सुदूर नेपाललाई विश्वसँग जोड्दै

म्यानचेस्टर सिटीको प्रिमियर लिगमा शानदार सुरुवात

२०७७ असोज ६, ०६:०६

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ। नयाँ सिजनको आफ्नो पहिलो खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले सोमबार राति वुल्भ्सलाई ३–१ ले पराजित गरेको हो।

सिटीका लागि २० औँ मिनेटमा पाएको पेनाल्टीमा केविन डी ब्रुयनाले गोल गरी सुरुवाति अग्रता दिलाए। ३२ औँ मिनेटमा रहीम स्ट्रर्लिङ्गको सहयोगमा फिल फोडिनले गोल गरेर अग्रता दोब्बर पारे।

पछि परेको वुल्भ्सका लागि ७८ औँ मिनेटमा जिमिनेजले एक गोल फर्काए। इन्जुरी समयको पाँचौँ अर्थात ९५ औँ मिनेटमा गाब्रिएल जिससले गोल गरेपछि म्यानचेस्टर सिटी ३–१ ले विजयी भयो।

सोमबार राति नै भएको अर्को खेलमा एस्टन भिल्लाले शेफिल्ड युनाइटेडलाई १–० ले पराजित गरेको छ।

कमेन्ट लोड गर्नुस