सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईपीएल-२०२०: हैदराबादविरुद्ध बैंगलोरको जित

२०७७ असोज ६, ०५:३९ खबर संवाददाता

आईपीएल २०२० सिजनको आआफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादविरुद्ध जित हासिल गरेको छ। टस हारेर ब्याटिङको निम्तो पाएको बैंगलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो। 

बैंगलोरका लागि देवदत्त पडिकलले सर्वाधिक ४२ बलमा ५६ रन बनाएका थिए। यस्तै एबिडीभिलियसले ३० रनमा ५१ रन बनाए।

१ सय ६४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको हैदराबादले २ बल बाँकी छँदा नै सबै विकेट गुमाएको हो। 

हैदरबादका लागि जोनी बरिष्टले सर्वाधिक ४३ बलमा ६१ रन बनाए। त्यस्तै मनिष पाण्डेले ३३ बलमा ३४ रन बनाएका थिए। प्रियम गर्गले १२ रन बनाए भने बाँकी अरु ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्।

बैंगलोरको जितमा यजुवेन्द्र चहलले ४ ओभर खेल्दै १८ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। यस्तै नवदीप सैनीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए।

बैंगलोरले बिहीबार किंग्स ११ पन्जावविरुद्ध खेल्नेछ भने हैदराबादले शनिबार कोलकत्ता नाइट राइडर्ससँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस