सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोना भाइरस मौसमी रोगमा परिवर्तन हुने !

२०७७ असोज ५, ०७:०५ खबर संवाददाता

काठमाडौं: विश्वका वैज्ञानिकहरुले कोरोना भाइरस आउने समयमा मौसमी रोगमा परिवर्तन हुने बताएका छन्।

विश्व नै अहिले कोरोना महामारीबाट जुझिरहेको छ। कोरोना महामारीबाट छुट्कारा पाउनका लागि वैज्ञानिकहरु खोपभाथि काम गरिरहेको छ। तर, कोरोना विरुद्धको कुनैपनि उपलब्धी हासिल हुन सकेको छैन।

यसैबीच, कोरोना भाइरसलाई लिएर वैज्ञानिकहरुले नयाँ खोज पत्ता लगाएको छन्। जर्नल फ्रन्टियर इन पब्लिक हेल्थमा प्रकाशित अध्ययनका अनुसार वैज्ञानिकहरुले आउने समयमा मानिसमा हर्ड इम्यूनिटी विकास भइसकेपछि कोरोना भाइरस मौसमी रोग बनेर सिमित हुनेछ।  

अध्ययन रिपोर्टमा मौसम परिवर्तन हुनासाथ मानिसमा रुघाखोकी जस्ता रोग फैलिने खतरा बढ्ने हुन्छ। त्यसरी नै कोरोना भाइरसपनि रुघाखोकी र ज्वरो फैलाउने भाइरसको रुपमा स्थापित हुने उल्लेख गरिएको छ। जबसम्म कोरोना भाइरस विरुद्धको कुनै ठोस खोपको विकास हुँदैन वा मानिसमा हर्ड इम्यूनिटीको जबसम्म विकास हुँदैन तबसम्म यो यसरी नै फैलिरहन्छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका भाइरोलोजिस्ट विमलेश झाका अनुसार हर्ड इम्यूनिटि भनेको कुल जनसंख्याको दुई तिहाईमा संक्रमण हुनु हो। झा भन्छन्, यस अवस्थामा एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण हुने दर न्यून हुन्छ। हर्ड इम्यूनिटिको विकास भइसकेपछि त्यो आफै हराएर जान्छ। एक पटक संक्रमित भइसकेको व्यक्तिमा रोगसँग लड्ने क्षमता वा एन्टीबडीको विकास भइसकेपछि उसमा दोहोर्याएर संक्रमण हुने दर वा खतरा निकै न्यून हुने झाको भनाइ छ।  

उनी थप्छन्, त्यसकारण कुल जनसंख्याको दुई तिहाईमा संक्रमण भइसकेपछि उनीहरुमा दोहोर्याएर संक्रमण हुने सम्भावना नगन्य हुने हुँदा संक्रमणको जोखिम पनि कम हुन्छ।  

यस्तै लेबनानस्थित अमेरिकन यूनिभर्सिटी अफ बेरुतका अध्ययनकर्ता हसन जराकतले यस अध्ययनमा कोरोना भाइरसलाई लिएर मानिसलाई चेतावनी दिँदै कोरोना भाइरस अहलिेकै अवस्थामा नरोकिने पनि बताए। जबसम्म मानिसमा हर्ड इम्यूनिटीको विकास हुँदैन तबसम्म कोरोनाले प्रत्येक वर्ष मानिसलाई आफ्नो चपेटामा लिइरहने उनको भनाइ छ।   हसले भने, ‘मानिसहरुलाई अब कोरोनासँग बस्ने बानीको विकास गरिहाल्नु पर्छ। यसबाट बच्नका लागि मानिसलाई घरबाट बाहिर निस्कनुभन्दा पहिले सँधै सावधानी र सचेतना अपनाउनु पर्ने हुन्छ।

साथै पटक पटक हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नुपर्छ र भिडभाड भएको स्थानमा जानबाट जोगिनुपर्छ।’ वैज्ञानिकहरुका अनुसार कोरोना भाइरस विरुद्ध हर्ड इम्यूनिटिको विकास हुने समयसम्म यसको विभिन्न लहरहरु उत्पन्न हुन सक्नेछ। अध्ययनकर्ताका अनुसार भाइरस हावा वा वायुमण्डलमा सजिलैसँग जीवित रहन सक्छ।  

संक्रमण प्रति मानिसको संवेदनशीलता र ह्यूमन बिहेवियर, मौसमका कारण तापक्रम र  ह्यूमिडिटमा परिवर्तनले पनि प्रभाव पार्छ । जसले गर्दा वर्षमा फरक फरक समयमा  रेस्पिरेटरी भाइरसको प्रसार बढेर जान्छ। दुर्भाग्यवश फ्लू जस्ता सामान्य भाइरसको तुलनामा कोभिड १९ को प्रसार दर भने उच्च छ। -एजेन्सी,

कमेन्ट लोड गर्नुस