सुदूर नेपाललाई विश्वसँग जोड्दै

सन्दीप आवद्ध दिल्लीको आइपीएलमा विजयी सुरूवात

२०७७ असोज ५, ०५:५४

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा विजयी सुरूवात गरेको छ। आइतबार राति यूएईमा सम्पन्न खेलमा दिल्लीले सुपर ओभरमा  पञ्जाबलाई हराएको छ। पञ्जाबले ३ बलमा २ विकेट गुमाएर २ रन मात्र बनाएको खेलमा केएल राहुल २ र निकोलस पुरन शुन्य रनमा आउट भए। दुवै विकेट कागिसो राबाडाले लिए। तीन रनको लक्ष्य दिल्लीले तीन बलमा पूरा ग¥यो।

दिल्लीका ऋषभ पन्तले विजयी रन प्रहार गरे।  यसअघि, दिल्लीले जितका लागि पञ्जाबलाई १ सय ५८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। पञ्जाबले ८ विकेट गुमाएर १ सय ५७ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। पञ्जाबका लागि मयंक अग्रवालले ८९ रनको शानदार पाली खेलेका थिए। ओपनर केएल राहुलले २१, कुष्णप्पा गौतमले २० र सर्फराज खानले १३ रन बनाएका थिए।

अन्य खेलाडीले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिल्लीका कागिसो राबाडा, रविचन्द्रन आश्विन र मार्कुस स्टोनिसले समान २–२ विकेट लिए। मोहित शर्मा र अक्षर पटेलले १–१ विकेट हात पारे।– एजेन्सी 
 

कमेन्ट लोड गर्नुस