अनेरास्ववियू(छैठौं) बझाङको अध्यक्षमा धामी
बझाङ: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन(छैठौं) बझाङको अध्यक्षमा भरत धामी चयन भएका छन्। आइतबार जिल्ला भरीका प्रतिनिधिबाट भरत धामीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन भएको हो।
जसको सचिवमा जगत धामी, सह–सचिवमा निरुता धामी, उपाध्यक्षमा भुवन बोहरा, कोषाध्यक्षमा कल्पना धामी, सदस्यमा क्रमसः देब धामी, देबराज खडका, बिक्रम भण्डारी र राम धामी चयन भएका छन्।
अखिल (छैठौं)का पूर्व विद्यार्थी नेता एवं राष्ट्रिय जनमोर्चाका युवा नेता जगत प्रसाद जोशीको उपस्थितीमा प्रशिक्षण र अखिल(छैठौं) का प्रदेश सहसचिव टंक अवस्थीको कोर्डिनेशनमा सदरमुकाम चैनपुरमा भेला सम्पन्न भएको थियो।