सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा संक्रमितको सम्पर्कमा आएका र लक्षण भएकाको मात्र कोरोना परीक्षण

२०७७ असोज ४, १०:४७ कमल सावद

धनगढीः सुदूरपश्चिम प्रदेशमा दैनिक पाँच हजारको कोरोना परीक्षण गर्न सक्ने चार प्रयोगशाला सञ्चालनमा छन्। तर प्रदेशमा थ्रोट स्वाबको नमूना न्यून संकलन हुँदा एक हजार जनाको पनि परीक्षण गर्न सकिएको छैन्।

प्रदेश सरकारले कोरोना संक्रमितको सम्पर्कमा आएका र भारतरबाट फर्किएकाहरुको मात्र थ्रोट स्वाबको नमूना संकलनका लागि स्वाथ्य कार्यालय र स्थानीय तहहरुलाई निर्देशन दिएको छ।

जसका कारण समुदाय स्तरबाट भने नमूना संकलन सुरु समेत गरिएको छैन्। गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरबहादुर कुँवरले नगरपालिकामा भारतबाट फर्किएका र कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संंकलन हुँदै आएको बताए।

उनले लक्षण भएकाहरुको मात्र कोरोना परीक्षणका लागि स्वाब संकलनको निर्देशन आएको बताएका छन्। सुदूरपश्चिम प्रदेशमा अझै समुदाय स्तरमा कोरोना परीक्षण हुन सकेको छैन्।

प्रदेश सरकारले कोरोना भाईरसका संक्रमितका सम्पर्कमा आएका र भारतबाट आएका नागरिकको मात्र कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गर्न स्थानीय तहहरुलाई भनेको छ।

सोही आधारमा प्रदेशका स्थानीय तहहरु र स्वास्थ्य कार्यालयहरुले कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गर्दै आएका छन्। जसका कारण कोरोना भाईरसको संक्रमण समुदायमा फैलिएको छ वा छैन् भन्ने खुलेको छैन्।

प्रदेश सरकारले समुदाय स्तरबाट कोरोना परीक्षणका लागि बढि खर्च लाग्ने बताउदै आएको छ। संक्रमितका परिवारका दुई जना सदस्यको थ्रोट स्वाबको नमूना संकलन हुँदै आएकोमा अहिले त्यो पनि बन्द गरिएको छ।

१४ दिन आइसोलेनमा बसेकाहरुबाट कोरोना नसर्ने भन्दै उनीहरुको पनि स्वाब संकलन बन्द गरिएको हो। धनगढी उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले धनगढीमा दुई समूह बनाएर स्वाब संकलन हुँदै आएको बताए।

‘धनगढीमा दुई समूह बनाएर स्वाब संकलन गर्दैछौँ। विदाको दिन बाहेक काम भइरहेको हुन्छ। उप–महानगरपालिका अगाडी समेत स्वाब संकलनका लागि भवन निर्माण हुँदैछ। केही दिनमा सुरु हुन्छ।’ उनले भने। 

समुदाय स्तरमा कोरोना परीक्षण नहुँदा संक्रमणको अवस्थाबारे अन्यौलता छ। समुदाय स्तरमा परीक्षण नै नभएकाले समुदायमा संक्रमण फैलिएको छ वा छैन् भन्ने विषय पुष्टि हुन सकेको छैन्।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले संक्रमितको सम्पर्कमा आएकाहरुको मात्र कोरोना परीक्षणका लागि स्वाब संकलन हुँदै आएको बताए।  पुनः मन्त्रालयलाई स्वास्थ्य निर्देशनालयले रकम माग गरेको उनले बताए।

स्वास्थ्य कार्यालयहरु र स्थानीय तहहरुले कोरोना संक्रमण फैलिएको सम्भावित क्षेत्र, संक्रमितको सम्पर्कमा आएका नागरिक र भारतबाट फर्किएकाहरुको भने कोरोना परीक्षणका लाथि थ्रोट स्वाबको नमूना संकलन गर्दै आएको बताएका छन्। 

 
 

कमल सावद, दिनेश खबरका संवाददाता हुन्। उनी अर्थतन्त्र,पुर्वाधार र विकासमा केन्द्रित कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस