सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरसफाइ परिचयपत्र वितरण

२०७७ असोज ३, ०७:४८ रासस

इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ। पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो। 

अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउने गाउँपालिकाका अध्यक्ष जितबहादुर राईले बताए। गाउँपालिकालाई सँधै सफा राख्न स्थानीयलाई सचेत गराउने उद्देश्यले परिचयपत्र वितरण गरिएको हो।

नागरिकको स्वास्थ्यप्रति विशेष ध्यान दिँदै कार्यक्रमको थालनी गरिएको अध्यक्ष राईले बताए। कोरोनाको समेत सङ्क्रमण बढिरहेकाले सरसफाइमा ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम फलदायी हुने बताइएको छ। 

परिचयपत्र वितरणपछि प्रत्येक घरबाट मासिक सय रुपैया उठाउने र उक्त रकम सरसफाइमा खर्च गरिने बताइएको छ। शुल्क बापत बजारको फोहोर मैला सङ्कलन गरी डम्पीङ साइट लगिनेछ। उक्त अभियान सबै वडाका बजार, टोल हुँदै घरघरमा लागू हुनेछ। 
 

कमेन्ट लोड गर्नुस