सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य वृद्धि

२०७७ असोज २, ०४:१५ रासस

काठमाडौँ: बिहीबार ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलाको चार सय रुपैयाँले बढेको छ।  नेपाली बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

चाँदीको मूल्य भने प्रतितोला १३ सय ३० रुपैयाँ पुगेको छ। छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन तोलामा ४ सय रुपैयाँले वृद्धि भई ९६ हजार पाँच सय रुपैयाँमा कारोवार भएको छ।

कमेन्ट लोड गर्नुस