सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको हिमालीमा बाढीपहिरो, तीन जना सम्पर्कविहिन

फाइल फोटो
फाइल फोटो
२०७७ असोज २, ०२:१८ प्रकाश सिंह

बाजुरा: गएराति परेको अविरल वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका –५ मा बाढी र पहिरो गएको छ। 

वर्षासंगै सुप खोलामा आएको बाढीपश्चात सोही ठाउँका ३ जना सम्पर्कविहीन रहेको खबर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता तथा प्रहरी निरीक्षक लोकन्द्रसिहं ठगुन्नाले बताए। माछा मार्न गएका ३ जना सम्पर्कमा नआएको र प्रहरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक ठगुन्नाले बताए। 

बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक तथा ४ वटा सामान्य घट्ट र ३ वटा काठेपुल पनि बगेको छ। साथै खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छाना सहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएको छ।

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस