सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा कोरोना परीक्षण सुरु

२०७७ असोज १, ११:१४ खबर संवाददाता

बैतडी– जिल्ला अस्पताल बैतडीमा स्थापना भएको कोरोना परीक्षण प्रयोगशालाको आज उद्घाटन गरिएको छ। प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले उद्घाटन गरेका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारको ४० लाखको लागतमा प्रयोगशाला स्थापना भएकोे अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पार्वती भट्टले बताईन्। 

बैतडीमा परीक्षण सुरु भएसंगै डडेल्धुरा र कैलालीमा स्वाब पठाउनुपर्ने अवस्था हट्ने विश्वास गरिएको छ। पीसीआर प्रयोगशाला कोरोना परीक्षणका लागि मात्रै नभएर अन्य रोगको पहिचानका लागि पनि सहज हुने स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस