सुदूर नेपाललाई विश्वसँग जोड्दै

उद्योगमा अनुगमन तीव्र

२०७७ भदौ ३१, ०९:१४ रासस

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले विभिन्न खाद्यवस्तु तथा पानी उद्योगको अनुगमनलाई तीव्र पारेको  छ।

विद्यमान खाद्य ऐन, नियम निर्देशिका तथा कोभिड–१९ सङ्क्रमणको अवस्थामा खाद्य व्यवसायीले अपनाउनुपर्ने सावधानीको पालनासम्बन्धी अनुगमन निरीक्षणका लागि काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा टोली खटाइएको विभागले आज  विज्ञप्ति जारी गरी जनाएको छ। अनुगमनका क्रममा देखिएका कमजोरीबारे स्पष्ट निर्देशन दिनाका साथै केहीको नमूना सङ्कलन गरिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए। उनका अनुसार पछिल्लो पटक एवान पोलिमर्स एण्ड बेभरेज, सिद्धकाली एक्वा उद्योग, एक्वाटिक इन्डष्ट्रिजको अनुगमन गरिएको जनाइएको छ। 

विभागका अनुसार यही भदौ २८ देखि अनुगमनलाई तीव्रता दिइएको थियो। अनुगमनका लागि उपत्यकाका विभिन्न क्षेत्रमा परिचालन हुने गरी तीन  समिति बनाइएको छ। हाल प्रशोधित पिउनेपानी, दूध र  दाना उद्योगको अनुगमन तथा निरीक्षण भइरहेको जनाइएको छ। पछिल्लो तीन दिनमा मात्रै २० भन्दा बढी उद्योगको अनुगमन गरी नमूना सङ्कलन गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस