सुदूर नेपाललाई विश्वसँग जोड्दै

थप १५३९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५८, ३२७ पुग्यो

२०७७ भदौ ३१, ०४:२६ खबर संवाददाता

धनगढी: नेपालमा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। यो सँगै नेपालमा कोरोना संक्रमित हुने को संख्या ५८ हजार ३२७ जना पुगेको छ।

पछिल्लो २४ घन्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ४१ हजार ७०६ उपचारपछि निको भएका छन्।

कमेन्ट लोड गर्नुस