सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको कर्णालीमा पक्की पुल बन्दै

२०७७ भदौ ३०, ०३:४२ प्रकाश सिंह

बाजुरा: बाजुरा भएर बग्ने कर्णाली नदीमा पक्की पुल बन्ने भएको छ। 

सडक विभागले २८ गते ६६ लाख बराबरको टेण्डर आव्ह्नान गरेपछि पुल बन्ने प्रक्रिया अगाडि बढेको हो। पक्की पुल स्वामिकार्तिक गाउँपालिका–४ वाइ र हिमाली गाउँपालिका–६ वाधुको बिचमा बन्ने सडक विभागले जनाएको छ।  यसै वर्षबाट पुलको डिजाइन र इस्टिमेट तयार भएर प्रक्रिया अगाडि बढेको सडक विभागले बताएको छ।

आर्थिक वर्ष २०७२/०७३ मा नेकपा सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले आफु सांसद भएको बेला कर्णालीमा पक्की पुलका लागि २० लाख बजेट बिनियोजनसहित योजना सिफारिस गरेका थिए। थापा सांसद भएको बेला नै कर्णालीमा पक्की पुलको योजना राखेको नेकपाका स्थानीय युवा नेता नरेश शाहीले बताए। 

पूर्वमन्त्री समेत रहेका कर्ण थापाले २०७२ मा संसदको योजना छनौटमा कर्णालीको पुल पनि छनौट गरेको बताएका छन्। ‘त्यो बेला प्रक्रियामा ल्याइएको हो। अहिले बल्ल पक्की पुल बन्दै छ’ उनले भने, बिचमा केहीको विवाद आएको भएपनि अहिले सबैको सहमतिमा पुल बन्न लागेको छ।’

पुल बन्ने भएपछि कर्णालीपारीको एक मात्र स्वामिकार्तिक गाउँपालिका सडक सञ्जालसँग जोडिने भएको छ। लामो प्रयासपछि कर्णालीमा पुल बन्न लागेको भन्दै स्थानीय हर्षित भएका छन्।  

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस