सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराको घटाल क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्य सुरू

२०७७ भदौ ३०, ०२:४९ खबर संवाददाता

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका –३ मा रहेको धार्मिक शक्तिपिठ घटाल थान क्षेत्रको पर्यटन पूर्वाधार निर्माण कार्यको काम सुरू भएको छ। पर्यटन पूर्वाधारका लागि संघीय समपुरक अनुदानबाट १ करोड ४२ लाखको लागतमा घटाल क्षेत्र पर्यटन पूर्वाधारको विकास सुरू भएको हो।

घटालथान पर्यटकीय दृष्टिकोणले पनि संभावना बोकेको क्षेत्र भएकोले प्रचारप्रसार मार्फत पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले सो कार्य अघी बढाइएको नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताए। अमरगढी नगरपालिकाले पर्यटन पूर्वाधार निर्माण कार्यको लागि आलोक कन्ट्रक्सनसँग २ वर्षको सम्झौता गरेको उनले बताए। 

घटाल क्षेत्रको पर्यटन पूर्वाधार विकासका लागि त्यस क्षेत्रमा तलाउ निर्माण गरिने, कम्पाउण्ड वाल निर्माण, बाटो तथा शवदाह गृह बनाउने योजना रहेको नगरपालिकाका इन्जिनियर कविन्द्र भट्टले बताए। उनले यी पूर्वाधार निर्माण पश्चात यस क्षेत्रको आकर्षण बढ्ने विश्वास लिइएको बताए। 

कमेन्ट लोड गर्नुस