सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा लकडाउनपछि १४ जनाले गरे आत्महत्या

२०७७ भदौ ३०, ०१:३७ खबर संवाददाता

बझाङ: लकडाउन सुरु भएयता बझाङमा १५ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा ८ जना महिला, ६ जना बालबालिका र एक पुरुष रहेका छन्।

विष सेवन गरेर २ महिला र एक बालिका गरी ३ जना, झुण्डिएर ६ महिला र ३ बालिका गरी ९ जना र २ जना पुरुषले नदी तथा खोलामा आत्महत्या गरी चैत ११ यता १४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ। 

आत्महत्या गरेर ज्यान गुमाउनेमा महिलाको संख्या धेरै रहेको छ।
 

कमेन्ट लोड गर्नुस