बझाङमा लकडाउनपछि १४ जनाले गरे आत्महत्या
बझाङ: लकडाउन सुरु भएयता बझाङमा १५ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा ८ जना महिला, ६ जना बालबालिका र एक पुरुष रहेका छन्।
विष सेवन गरेर २ महिला र एक बालिका गरी ३ जना, झुण्डिएर ६ महिला र ३ बालिका गरी ९ जना र २ जना पुरुषले नदी तथा खोलामा आत्महत्या गरी चैत ११ यता १४ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ।
आत्महत्या गरेर ज्यान गुमाउनेमा महिलाको संख्या धेरै रहेको छ।