सुदूरपश्चिममा संक्रमितको संख्या ६५१० पुग्यो, ५६६५ डिस्चार्ज
धनगढीः सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या साढे ६ हजार नाघेको छ। प्रदेशमा आईतबार ७६ जना जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ हजार पाँच सय १० पुगेको हो।
सबैभन्दा बढि कैलालीका दुई हजार ५३ जना संक्रमित रहेका छन्। यस्तै डोटीमा नौ सय ६७, अछाममा नौ सय ३७, कञ्चनपुरमा सात सय २८, बझाङमा चार सय ३९, बैतडीमा तनि सय ८१, बाजुरामा चार सय ५३ जना, डडेल्धुरामा तीन सय २५ जना, दार्चुलामा ५२ जनामा संक्रमण पुष्टि भएको छ।
उनीहरु मध्ये आईतबार सम्म पाँच हजार ६ सय ६५ जना संक्रमण मुक्त भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
कैलालीका एक हजार ६ सय ६९ जना, अछामका नौ सय १२ जना, डोटीका नौ सय १० जना संक्रमण मुक्त भएका छन्।
यस्तै कञ्चनपुरका ६ सय २० जना बैतडीका तीन सय २५, बझाङका तीन सय ६६ जना, बाजुराका चार सय ४२, डडेल्धुराका तीन सय १६ जना र दार्चुलाका ४५ जना संक्रमण मुक्त भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
संक्रमण पुष्टि भएका १४ जनाको मृत्यु भईसकेको छ।