Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

आईपीएल खेल्न सन्दीप यूएईतर्फ

रासस
२०७७ भदौ २७, ०९:२२
अ+

नेपाली लेग स्पिनर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल) खेल्न संयुक्त अरब इमिरेट्स (यूएई)तर्फ लाग्नुभएको छ। उहाँ क्यारेबियन प्रिमियर लिग (सीपीएल) सक्काएर आज यूएई उड्नुभएको हो। ट्रिनडाड एण्ड टोबागोबाट नेपाल नफर्किकनै सन्दीप सोझै युएई जानुभएको उहाँका ब्यवस्थापक रमन सिवाकोटीले जानकारी दिनुभयो।

आईपीएल खेल्न सन्दीपसँगै सीपीएलमा सहभागी अन्य खेलाडी पनि युएईतर्फ लागेका छन्। यस वर्षको आईपीएल कोरोना भाइरसको महामारीका कारण भारतमा नभइ युएईमा हुँदै छ। सन्दीपले  लगातार तेस्रो वर्ष दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न लाग्नुभएको हो। आईपीएल आगामी असोज ३ गतेदेखि सुरु हुँदै छ। सन्दीप सम्मिलित दिल्ली क्यापिटल्सको पहिलो खेल असोज ४ गते किंग्स इलाभेन पञ्जावसित हुनेछ।

उहाँलाई दिल्ली क्यापिटल्सले रु ३२ लाखमा अनुबन्ध गरेको हो। सन्दीप सिपिएल खेल्न गत साउन १५ गते ट्रिनिडाड एन्ड टोबागो जानुभएको हो। नियमित उडान बन्द भएको अवस्थामा उहाँ कोरियन एयरको चार्टर्ड जहाजमा टोबागो जानु भएको थियो।

यस वर्षको सिपिएलका लागि जमैका तलावाजले सन्दीपलाई ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। उहाँले यसअघि दुई पटक सीपीएल खेलिसक्नुभएको छ। सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सीपीएलमा सन्दीपले ११ खेलमा १२ विकेट लिनुभएको थियो। उहाँ सीपीएलमा सर्वाधिक विकेट लिनेको सूचीमा छैटौँ स्थानमा रहनुभयो।
 

Skip Ad