सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरी हिरासतमा मृत्यु भएका युवकको शव आफन्तले बुझे

२०७७ भदौ २७, ०८:१३ खबर संवाददाता

धनगढी– धनगढीमा प्रहरी हिरासतमा मृत्यु भएका युवकको आफन्तले शव बुझेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार शुक्रबार साझ पोस्टमार्टम गरेर आफन्तले शव बुझेका हुन्।

उनका अनुसार भदौ २२ गते चोरी आरोपमा पक्राउ परेका धनगढी उपमहानगरपालिका वडा नम्वर १ का १९ वर्षीय रोशन विक शुक्रबार बिहान आफ्नै सर्टले प्रहरी हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

विकले आत्महत्या गरेको दावी उनको छ। मृतकका आफन्तले भने हत्या गरिएको आरोप लगाएका छन्। घटनाको छानबिन गर्न प्रहरी उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ।

कमेन्ट लोड गर्नुस