पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न वानको माग
धनगढी: स्वतन्त्र रेडियोहरुको छाता सगठन ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (वान)ले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।
उक्त घटना निन्दनीय भएको भन्दै वानका अध्यक्ष चन्द्र न्यौपानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘कोरोना महामारीको यो विकराल अबस्थामा पनि जनतालाई सूचनाको पहुँचबाट नजिक राख्नको लागी आफ्नो स्वास्थ्यलाई समेत जोखिमा राखि दिने रात नभनी दायित्व निर्वाह गरिरहेका रेडियो गृह र सञ्चारकर्मी माथी आक्रमण हुनु खेदजनक छ। घटनाको सत्य तथ्य छानविन गरि दोषी उपर कडा भन्दा कडा कानुनी कारवाही गर्न एसोसिएसन जोडदार माग गर्दछ। साथै सञ्चार गृह र सञ्चारकर्मीको सुरक्षामा समेत सम्वेदनशील बन्न सम्बन्धीत निकायलार्य आग्रह गर्दछौं।’