पत्रकारमाथि भएको हमलाको विषयमा प्रेस युनियनको ध्यानाकर्षण
धनगढी: दिनेश सञ्चार गृहमा भएको आक्रमणको घटनाप्रति नेपाल प्रेस युनियन कैलालीले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार प्रेस युनियनले प्रेस विज्ञप्ति जारी गर्दै पत्ररकामाथि भएको हातपातको घटनाप्रति भत्र्सना गरेको छ।
युनियनका सचिव सिताराम ओझाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ, ‘यस्ता घटना प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अभिप्रायबाट भएको युनियनकोे ठहर छ। पत्रकारहरुको निर्भयता पूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हन्न हुने गरी भएको यो घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई युनियन जोडदार माग गर्दछ।’
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।