पत्रकारमाथि आक्रमण गर्नेलाई कारवाही गर्न क्रियाशिल महिला पत्रकारको माग
धनगढी: क्रियाशिल महिला पत्रकार कैलालीले दिनेश सञ्चार गृहमै प्रवेश गरी पत्रकारमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए।
राज्यको चौथो अंग मानिने पत्रकारमाथि भएको हातपात र कुटपिटको घटना प्रति भत्र्सना गर्दै महिला पत्रकार जिल्ला शाखाले दोषीलाई कारवाहीमो माग गरेको छ।
उक्त कार्य प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अभिप्रायबाट भएको भन्दै क्रियाशिल महिला पत्रकारले प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षसँग आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ।
‘पत्रकारहरुको निर्भयतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन हुने गरी भएको यो घटनामा संलग्न व्यक्तिको पहिचानगरी तत्काल कारबाही गर्न सम्बन्धित निकायलाई क्रियाशील पत्रकार महिला कैलाली जोडदार माग गर्दछ’ क्रियाशील पत्रकार महिला जिल्ला शाखाका सचिव भुवन जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनीएको छ।