सुदूर नेपाललाई विश्वसँग जोड्दै

दिनेश खबरकर्मीमाथि आक्रमण गर्नेलार्ई कारवाही गर्न खेलकुद पत्रकार मञ्चको माग

२०७७ भदौ २६, ०३:४२ खबर संवाददाता

धनगढी : नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सञ्चार गृहमै प्रवेश गरी दिनेश एफएम तथा दिनेश खबरकर्मीमाथि भएको सांघातिक आक्रमणको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। शुक्रबार समाचारको विषयमा आपत्ति जनाउँदै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्।

उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने, व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए। 

उक्त कार्य प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अभिप्रायबाट भएको भन्दै मञ्चले निन्दा गरेको छ। मञ्चले प्रेस स्वतन्त्रताको सम्मान गर्न सबै पक्षसँग आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ। 

‘पत्रकारहरुको निर्भयतापूर्वक समाचार संकलन र सम्प्रेषण गर्न पाउने अधिकार हनन् हुने गरी भएको घटनामा संलग्न व्यक्तिको पहिचान गरी तत्काल कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई मञ्च जोडदार माग गर्दछ’ खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव प्रदिप पाठकद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। 

शुक्रबार धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै दिनेश सञ्चार गृहमा कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले थुनुवा कक्षमा युवकको हत्या भएको आरोप लगाएका छन्। 

उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि कुटपिट गरेका हुन् भने व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि हातपात समेत गरेका थिए। 

कमेन्ट लोड गर्नुस