सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको जडाङ्गमा बाढीले पुल बगाएपछि सेनाले काठेपुल बनाउँदै

२०७७ भदौ २५, ०४:०१ प्रकाश सिंह

बाजुरा: बाजुरा बडीमालिका नगरपालिकाको जडाङ्गमा नेपाली सेनाको सक्रियतामा काठेपुल निर्माण हुन लागेको छ। साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गमा रहेको बेलिब्रिज र झोलुङ्गे पुल बगाएको थियो।

नदिले पुल बगाँउदा केहिदिन आवतजावत बन्द भएको थियो। त्यसपछि स्थानीयले अस्थायी रुपमा तुइन बनाएर नदी वारपार गर्ने गरेका थिए। अहिले नदीमा पानीको मात्रा कम भएसँगै नेपाली सेना र स्थानीयको सक्रियतामा काठेपुल निर्माण हुँदैछ। उक्त पुलबाट  खच्चरले समेत आवतजावत गर्नसक्ने बडीमालिका नगरपालिका –४ अध्यक्ष सुरेन्द्र नाथले बताए।  पुल बनेपछि खच्चरबाट सामान ढुवानी गर्न सहज हुने बताइएको छ। 

बाढीले बुढीगंगा नदीमा रहेको बेलिब्रिजसँगै झोलुङ्गे पुलहरु समेत बगाएको थियो। साथै नदी किनारमा रहेको खेतियोग्य जमिन र बस्तीसमेत बगाएको थियो। बेलिबिज्र नै बगेपछि सदरमुकाम–मार्तडी सडक सम्पर्कमा बिच्छेद भएको छ।

अब जडाङ्गमा छिट्टै बेलिब्रिज निर्माण हुने सडक विभागले जनाएको छ। कैलालीको गोदावरीमा मौज्दात रहेको बेलिब्रिज ल्याउने तयारी रहेको सडक विभागले जनाएको छ। 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस