जोरायल गाउँपालिकालाई मन्त्रालयले भन्यो– प्रमुख प्रशासकिय अधिकृतलाई हाजिर हुन दिनू
धनगढीः डोटीको जोरायल गाउँपालिकालाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकिय अधिकृतका रुपमा हाजिर हुन दिन भनेको छ।
गाउँपालिकाले प्रमुख प्रशासकिय अधिकृतको रुपमा खटाईएका नरेन्द्र सिह ठगुन्नालाई शारिरीक अपाङ्गता भएको भन्दै हाजिर गर्न नसकिने बताएपछि समान्य प्रशासन मन्त्रालयले उनलाई हाजिर गराई नियमित कामकाजमा लगाउन भनेको हो।
मन्त्रालयले गाउँपालिकालाई पठाएकोमा परिपत्रमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४(४) बमोजिम मन्त्रालयबाट स्थानीय तहमा प्रमुख प्रशासकिय अधिकृत खटाउने व्यवस्था रहेको उल्लेख गरेको छ।
सोही अनुसार कामकाज गर्न खटाईएका प्रमुख प्रशासकिय अधिकृत ठगुन्नालाई हाजिर गराउन नसकिने भनी कुन कानून बमोजिम पत्र पठाईएको हो ? भनी मन्त्रालयले गाउँपालिकालाई जवाफ मागेको छ।
मन्त्रालयले स्थानीय तहमा प्रदान हुने बित्तिय समानीकरण अनुदान रोक्का गर्न सम्बन्धीत निकायमा सिफारिस गर्ने चेतावनी दिदै अगामी दिनमा त्यस्ता घटना दोहोरिन नदिन आग्रह गरेको छ।
यसअघि जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्नालाई शारीरिक रूपमा अशक्त भएको भन्दै हाजिर गर्न नसकिने भन्दै समान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका थिए।