सुदूर नेपाललाई विश्वसँग जोड्दै

टेबलटेनिस संघले खेलाडीको बीमा गर्ने

२०७७ भदौ २३, १०:५४ रासस

अखिल नेपाल टेबलटेनिस संघले राष्ट्रिय टेबलटेनिस खेलाडीको कोरोना बीमा गर्ने भएको छ। संघले पुरुष र महिलातर्फका शीर्ष १६ वरियताका खेलाडीको कोरोना बीमा गर्न लागेको हो।

संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्यका अनुसार संघले खेलाडीहरुका साथसाथै केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी, प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायरको पनि कोरोना बीमा गर्ने तयारी गरेको छ।

सबैको जनही रु एक लाखका दरले कोरोना बीमा गरिने बज्राचार्यले जानकारी दिनुभयो। ललितपुरको हात्तीसारस्थित एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत संघले कोरोना बीमा गर्न लागेको हो।
 

कमेन्ट लोड गर्नुस