Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

धनगढीका सौन्दर्यकर्मीको माग–व्यवसाय सुचारु गर्न पाउनुपर्‍यो

खवर संवाददाता
२०७७ भदौ २२, ०५:२१
अ+

धनगढीः धनगढीका सौन्दर्यकर्मीहरुले व्यवसाय संचालन गर्न पाउनुपर्ने माग राखेका छन्। सोमबार राष्ट्रिय सौन्दर्यकर्मी यूनियन धनगढीले उप–महानगरपालिका, जिल्ला प्रशासन र घरेलु तथा साना उद्योग कार्यालयलाई आफ्ना माग राख्दै ज्ञापनपत्र बुझाएको हो।

लामो बन्दका कारण व्यवसाय नै धरासयी भएको भन्दै यूनियनले सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सुचारु गर्न पाउनुपर्ने, घरभाडा तथा बैंक व्याज मिनाह गरिनुपर्ने, सबै सौन्दर्यकर्मीको निुःशल्क पिसिआर जाँच हुनुपर्ने, उक्त सिप सिक्न अन्य ठाउँमा जानुपर्ने भएकाले त्यसका लागि बजेट विनियोजन गरिनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र बुझाएको अध्यक्ष सपना रोकायाले बताइन। 

धनगढी उप–महानगरपालिकाकी उप मेयर सुशिला मिश्र भट्ट, कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी र घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृतलाई ज्ञापन पत्र बुझाएको रोकायाले बताइन्। 

 

Skip Ad