बैतडीमा शिक्षक र कर्मचारीबाट किशोरी बलात्कृत
बैतडी: सिगास गाउँपालिकाकी किशोरीमाथि शिक्षकहरुले नै पटकपटक बलात्कार गरेको आरोप लागेको छ।
जनचेतना आधारभुत बिद्यालयका शिक्षक, गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारी र एकजना स्थानीयले १७ वर्षीया किशोरीमाथि पटकपटक बलत्कार गरेको अरोप लागेको हो। बलत्कार पश्चात गर्भ रहेपछि घटना बाहिरीएको पीडितका आफन्तले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय बैतडीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। प्रहरी नायव उपरिक्षक नारायण प्रशाद अधिकारीले पीडित किशोरीलाई ल्याएर उनको बयान लिने संलग्नलमाथि कारवाही हुने बताए।