सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाई पक्राउ

२०७७ भदौ २२, ०९:५७ खबर संवाददाता

बझाङः बझाङमा बाघको छाला र हड्डी सहित दाजुभाई पक्राउ परेका छन्। गएराती जिल्लाको बुङ्गल नगरपालिकाबाट दुईवटा बाघको छाला र ९ किलो हड्डी सहित दाजुभाईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक नेत्रबहादुर बोहराले बुङल नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय हरजित बोहोरा र उनका सहोदर भाई २३ वर्षीय सुरेन्द्र बोहोरालाई पक्राउ गरिएको जानकारी दिए।

उनीहरुलाई सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआईटी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो। दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस