धनगढीको धुर्जना शिविरमा खाद्य सामग्री वितरण
धनगढीः धनगढी उप–महानगरपालिका वडा नम्बर १७ धुर्जन्न शिविरमा खाद्य सामग्री वितरण गरिएको छ। धनगढीका युवाहरुले सञ्चालन गरेको फुड बैँकमार्फत ४५ परिवारलाई पाँच किलोका दरले चामल र नुन, तेल तथा दाल वितरण गरिएको हो।
‘हुनेले दिएर जाउँन नहुनेले लिएर जाउँन’ ध्ययका साथ धनगढीका युवाहरुले फुड बैँक सञ्चालन गरेका छन। उनीहरुले शनिबार समेत धनगढीका एक सय पाँच परिवारलाई खाद्य सामग्री सहयोग गरेका थिए। यो कार्यक्रमलाई निरन्तरता दिने अभियन्ता रक्षा बमले बताइन्।