धनगढीमा संक्रमितको सम्पर्कमा आएका ९७ जनाको स्वाब संकलन
धनगढी–धनगढी उप–महानगरपालिकामा संक्रमितको सम्पर्कमा आएका ९७ जनाको स्वाब संकलन गरिएको छ। उप–महानगरपालिकाको वडा नम्वर ५ स्थित तारानगर र जाईबाट ९७ जनाको स्वाब संकलन गरिएको हो।
उप–महागरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको स्वाब संकलन गर्दै परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताए।
यस्तै धनगढी उप–महानगरपालिकाका दुई वटा टोल सिल गरिएको छ। उप–महानगरपालिका वडा नम्वर ५ का दुई टोल सिल गरिएको हो।
ज्ञान निकेतन क्षेत्रका तीन घर र जाई क्षेत्रका चार घरका केही व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले जानकारी दिए। सो क्षेत्रमा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन पनि प्रहरीले माईकिङ गरेको छ।